समृद्ध नेपालका लागि प्रदेश तथा केन्द्रमा काग्रेसलाई जिताउनु पर्ने केन्द्रिय सदस्य राठौरको भनाई

बर्दिया,१६असोज। नेपाली कांग्रेसका केन्द्रिय सदस्य किशोरसिंह राठौरले कृषि,पर्यटन, जलस्रोतमा आधारित उधोग तथा व्यापारमा लगानी बढाई नेपाललाई समृद्ध बनाउन प्रदेश तथा संसदीय निर्वाचनमा नेपाली कांग्रेसलाई स्पष्ट बहुमतका साथ जिताउन सबैमा आग्रह गरेका छन् ।
प्रेस क्लब अफ नेपाल (पी सी एन) संगको साक्षात्कारमा केन्द्रिय सदस्य राठौरले कृषि , पर्यटन तथा अन्य उधोग व्यवसायको विकास तथा विस्तारद्धारा देशमा छिट्टै समृद्ध हासिल गर्न र स्वदेशी तथा विदेशी लगानी कर्ताहरुको लगानी सुरक्षित गर्न प्रदेश तथा केन्द्रिय निर्वाचनमा नेपाली कांग्रेसले प्रष्ट बहुमत हासिल गर्नुपर्ने र कंग्रेसकै नेतृत्वमा दुबै सरकारहरु गठन गर्न जरुरी रहेको बताए ।
कम्युनिष्टहरुले जितेमा देशमा छिटोछरितो विकास नहुने र उनीहरुले जितेको ठाउमा लगानी कर्ताहरुले लगानी गर्न पनि डराउने प्रष्ट पार्दै केन्द्रिय सदस्य राठौरले लगानी सुरक्षित गर्न र विकास तथा सुरक्षाको प्रत्याभुति दिलाउन समेत कंग्रेसलाई जिताउनै पर्ने स्पष्ट पारे ।
नेपालका कम्युनिष्टहरुलाई विकास बिरोधी ,ठग र शोषकको संज्ञा दिदै केन्द्रिय सदस्य राठौरले काग्रेस जहिले पनि गरिब जनताको पक्षमा उभिएको बताए । पैसा बाडेर नभई विकास गरेर गरिब जनताको जीवनस्तर माथि र उनीहरुको जीवनस्तर माथि उठने प्रष्ट पार्दे उनले जनता,व्यापारी,कर्मचारी र नेता सबैको सुरक्षा र देशकै समृद्धि कंग्रेसबाट मात्र संभव रहेको जिकीर गरे ।

नेपालका कम्युनिष्टहरुलाई विकास बिरोधी ,ठग र शोषकको संज्ञा दिदै केन्द्रिय सदस्य राठौरले काग्रेस जहिले पनि गरिब जनताको पक्षमा उभिएको बताए ।

नेपाली कांग्रेस बलियो भएमात्रै नेपाल र नेपालीहरुको भविष्य सुनिश्चित हुने बताउदै केन्द्रिय सदस्य राठौरले नेपाली कांग्रेसले नै गरिब, किसान,मजदुर,उधोगी व्यापारी,कर्मचारी ,जनप्रतिनिधि सबैलाई न्याय गर्ने धारणा राखे ।
आफु केन्द्रिय सदस्य बनेपछि देशको सामाजिक,औधौगिक ,कृषि र पर्यटकीय विकासमा जोड दिने खालका राष्ट्रिय योजनाहरुमा दिदै आएको बताउदै केन्द्रिय सदस्य राठौरले स्थानीय तहमा बहुमत ल्याउन नसके पनि मंसीरमा हुने प्रदेश तथा केन्द्रिय तहमा कंग्रेसले स्पष्ट बहुमत हासिल गर्ने प्रष्ट पारे ।
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button