सी चिनफिङ र कम्बोडियाली मुमा महारानी मोनिरेथ बीच भेटवार्ता

अप्रिल १७ तारिखको साँझ चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले कम्बोडियाली मुमा महारानी नोरोडोम मोनिरेथसँग नोम पेन्हको शाही दरबारमा भेट गर्नुभएको छ।
भेटका क्रममा, सी चिनफिङले मुमा महारानी मोनिरेथलाई परम्परागत कम्बोडियाली नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभयो। सी चिनफिङले राजपिता नोरोदोम सिहानोक चीन-कम्बोडिया मित्रताको प्रतीक भएको र चिनियाँ नेताहरूको पुरानो पुस्तासँग मिलेर व्यक्तिगत रूपमा चीन र कम्बोडिया बीचको अटुट फलामको घेरा भएको मित्रता सिर्जना गरेको कुरा औँल्याउनुभयो। उहाँले भन्नुभयो,“हामी उहाँको ऐतिहासिक योगदानको सम्झनालाई सधैँ कदर गर्नेछौँ। मुमा महारानी मोनिरेथ चीन-कम्बोडिया मित्रताको साक्षी र प्रवर्द्धक हुनुहुन्छ, जन गणतन्त्र चीनको “मित्रता पदक” बाट सम्मानित हुनुहुन्छ। चीन तपाईँको दोस्रो घर हो, तपाईँलाई जुनसुकै बेला पनि चीनमा स्वागत छ।”
मोनिरेथले भन्नुभयो,“राष्ट्राध्यक्ष सी चिनफिङ कम्बोडियाका सबैभन्दा ठूलो मित्र हुनुहुन्छ र यो भ्रमण सबै कम्बोडियाली जनताका लागि ठूलो सम्मान हो। मलाई इमानदारीपूर्वक आशा छ कि राष्ट्राध्यक्ष सी चिनफिङले राष्ट्रिय पुनरुत्थानलाई अगाडि बढाउन चिनियाँ जनतालाई अझ बढी उपलब्धि हासिल गर्न नेतृत्व गर्नुहुनेछ।”