चीन कम्बोडिया मानव सांस्कृतिक आदानप्रदान कार्यक्रम फालोङमा आयोजित

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले कम्बोडियाको राजकीय भ्रमण थाल्नुभएको परिप्रेक्ष्यमा अप्रिल १७ तारिख चाइना मिडिया ग्रुप र कम्बोडिया सञ्चार मन्त्रालय, संस्कृति र कला मन्त्रालय, पर्यटन मन्त्रालय तथा राज परिषद्द्वारा संयुक्त रुपमा आयोजित चीन कम्बोडिया मानव सांस्कृतिक आदानप्रदान कार्यक्रम फालोङमा शुरु भएको छ।

सो अन्तर्गत, चीन कम्बोडिया सञ्चारमाध्यम साझेदारी संयन्त्र, चीन कम्बोडिया सभ्यताको आदानप्रदानसम्बन्धी कार्यक्रमको प्रसारण आरम्भसँगै चाइना मिडिया ग्रुपले कम्बोडियाका विभिन्न सरकारी संस्था र सञ्चारमाध्यमसँग श्रृँखलाबद्ध व्यावहारिक सहयोग गरेको छ। कम्बोडिया पिपुल्स पार्टीका अध्यक्ष एवम् सिनेटका अध्यक्ष हुन सेनले बधाई सन्देश पठाउँदै आदानप्रदान कार्यक्रमबाट प्रशस्त उपलब्धि हासिल हुने कामना गर्नुभएको छ।

चाइना मिडिया ग्रुपका प्रमुख शन हाईस्यौङले कार्यक्रममा सम्बोधन गर्दै राष्ट्राध्यक्ष सी चिनफिङले कम्बोडियाको भ्रमण गर्नुभएको उपलक्ष्यमा चाइना मिडिया ग्रुपले कम्बोडियाका विभिन्न क्षेत्रसँग नयाँ चरणको मानव सांस्कृतिक सहयोग गरेसँगै अन्तर्राष्ट्रिय सम्बोधन गर्ने प्रणालीको पुनःनिर्माण गरिने तथा ग्लोबल साउथ मुलुकको अन्तर्राष्ट्रिय जनमत आवाज उकास्ने बताउनुभएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button