१५ औँ पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरू

राष्ट्रिय चलचित्र व्युरोको निर्देशन बमोजिम चाइना मिडिया ग्रुप र पैचिङ जनसरकारको संयोजकत्वमा १५ औँ पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अप्रिल १८ तारिख पैचिङस्थित यान छी ताल अन्तर्राष्ट्रिय सम्मेलन प्रदर्शनी केन्द्रमा शुरू भएको छ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवम् पैचिङ नगर पालिकाका सचिव यीन ली महोत्सवको उद्घाटन समारोहमा उपस्थित हुनुभएको छ। पैचिङ नगरपालिकाका स्थायी सदस्य, प्रचार विभागका उपप्रमुख एवम् १५ औँ पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको संयोजन समितिका स्थायी उपाध्यक्ष सुन च्युन मिनले उद्घाटन समारोहलाई सम्बोधन गर्नुभयो। सीएमजीका उप महासम्पादक एवम् १५ औँ पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको संयोजन समितिका उपाध्यक्ष फान युनले पनि मन्तव्य दिनुभएको छ।