खजुरा गाउँपालिकामा फोहाेर उठाउने अभियान सुरु, आठै वडामा एकसाथ कार्यान्वयन

खजुरा, बाँके – खजुरा गाउँपालिकामा सार्वजनिक सरसफाइलाई प्राथमिकतामा राख्दै फोहाेर उठाउने कार्य आधिकारिक रूपमा सुरु गरिएको छ। आजदेखि गाउँपालिकाका सबै आठवटै वडामा एकसाथ फोहाेर संकलन र व्यवस्थापनको काम प्रारम्भ भएको हो।
यस सराहनीय पहलमा निरन्तर सहयोग पुर्याउनु हुने खजुरा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, तथा प्रशासकीय प्रमुखप्रति विशेष धन्यवाद व्यक्त गरिएको छ। कार्यक्रमको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, इलाका प्रहरी कार्यालय धनौली, प्रदेश प्रहरी गण खजुरा, साथै स्थानीय संघसंस्था र समुदायका प्रतिनिधिहरूको उपस्थिति उल्लेखनीय रह्यो।
फोहाेर संकलन तथा व्यवस्थापनको जिम्मेवारी लिएको सुन्दर बिहान युवा क्लब लाई खजुराबासीले पूर्ण साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। स्थानीय सरकार तथा समुदायको सहकार्यमा यो अभियानले खजुरा गाउँपालिकालाई सफा, हरित र स्वस्थ समाजमा रूपान्तरण गर्ने विश्वास गरिएको छ।
गाउँपालिकाले आगामी दिनहरूमा पनि यस्ता वातावरणीय तथा सामुदायिक स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरूलाई निरन्तरता दिने बताएको छ।