सांस्कृतिक सम्पदा, राष्ट्रिय स्वाधीनता, र मानव जीवनको हानीमा आधारित खेल

# लक्की चन्द
२०२५ अप्रिल २४ मा भारत-प्रशासित काश्मिरको पहलगाम क्षेत्रमा भएको आतंकवादी हमलाले फेरि एकपटक भारत-पाकिस्तान सम्बन्धमा भयानक चिसोपन ल्याएको छ। २६ जनाको ज्यान गएको यो घटनापछि भारतले पाकिस्तानविरुद्ध कडा प्रतिक्रिया दिएको छ। यद्यपि, यो हमला मात्र सतही संकेत हो, गहिराइमा गएर हेर्दा यसका जरा अमेरिकी सिआइए र भारतीय RAW मिसनसँग गाँसिएको देखिन्छ।
काश्मिरको हमलाको जिम्मेवारी “कश्मीर रेसिस्टेन्स” नामक समूहले लिए पनि भारतले त्यसको सम्बन्ध पाकिस्तानस्थित लश्कर-ए-तैयबा समूहसँग जोडेको छ। तर ऐतिहासिक सन्दर्भ हेर्दा जसरी सिआइएले अफगानिस्तानमा अलकायदालाई सशस्त्र बनायो, त्यही मोडेल दक्षिण एशियामा दोहोरिएको आशंका बलियो बन्छ।
अफगानिस्तानको वामियानमा बुद्ध मूर्ति तोड्ने अलकायदा र नेपालमा पाँच सय वर्ष पुरानो पाण्डुलिपिहरू जलाउने माओवादी दुवै उही रणनीतिक “न्यू वर्ल्ड अर्डर” अन्तर्गतका खेलाडी हुन।
नेपालमा माओवादी हिंसा र कथित लोकतान्त्रिक आन्दोलनहरू भारतीय भूमिबाट सञ्चालित थिए। तत्कालीन भारतीय सरकार, विशेषतः अटल बिहारी वाजपेयी नेतृत्वको शासनकालमा RAW ले माओवादीहरूलाई भारतको बस्तीमा प्रशिक्षण दिई नेपाल पठाउने काम ग¥यो। कांग्रेस र माओवादीका शीर्ष नेताहरू दिल्लीकाे CIA-RAW समन्वयमा बृहत योजनाको हिस्सा बने।
त्यही कारणले नेपालको ऐतिहासिक सम्पत्ति दाङको महेन्द्र संस्कृत विश्वविद्यालयको पाण्डुलिपि जलाइनु, र दरबार हत्याकाण्डको रहस्य अझै अपारदर्शी छ।
नेपालको राजदरबार हत्याकाण्डमा भारतीय दक्षिणपन्थी सरकार, सिआइए र RAW को संलग्नता संदिग्ध रहँदै आएको छ। घटनाका बखत भारतको प्रधानमन्त्री वाजपेयी थिए, जसले आफ्नो शासनमा अमेरिका र इस्रायलसँग गहिरो सैन्य र गुप्तचर सहकार्य अघि बढाएका थिए। आरएसएस र भाजपा निकट समूहहरू तिनै स्रोतहरूसँग जोडिएका थिए, जसले नेपाली राजसंस्थालाई लक्ष्यविन्दु बनायो।
काश्मिर आक्रमणको जवाफमा भारतले पाकिस्तानमाथि भिसा प्रतिबन्ध, सीमा बन्द, र ‘इन्डस वाटर ट्रिटी’ सिन्धु जल सन्धि निलम्बन जस्ता कडा कदम चालेको छ। पाकिस्तानले पनि प्रतिशोधमा व्यापार बन्द, हवाई नाका रोक्का र भारतीयहरूलाई ४८ घण्टाभित्र देश छाड्न भनेको छ।
तर भारतले यदि सिन्धु नदी प्रणालीको पानीलाई मोड्ने प्रयास गर्यो भने पाकिस्तानले त्यसलाई युद्धको कार्य मानेको छ, यो एक सम्भावित जलयुद्धको उद्घोष हो।
संयुक्त राज्य अमेरिकाले हालसम्म तटस्थता देखाए पनि, “U.S. Institute of Peace” ले भारतीय सैन्य प्रतिक्रिया प्रति अन्ध समर्थन नगर्न चेतावनी दिएको छ। आणविक राष्ट्रहरूबीचको द्वन्द्वले सम्पूर्ण क्षेत्रलाई ध्वस्त पार्न सक्छ भन्ने उनीहरूको चेतावनी आजको ज्वलन्त सन्दर्भमा प्रासंगिक छ।
काश्मिरको यो हमला केवल एक आतंककारी कारवाही होइन, यो दक्षिण एशियामा गहिरो चलिरहेको सिआइए-RAW रणनीतिक युद्धको निरन्तरता हो। नेपाल, अफगानिस्तान, काश्मिर, तीन विन्दुहरू एउटै त्रिकोणका कोण हुन्, जहाँ शक्तिशाली राष्ट्रहरूको भूराजनीतिक खेलले साना राष्ट्रहरूलाई प्रयोगशाला बनाउँदै छ।
सांस्कृतिक सम्पदा, राष्ट्रिय स्वाधीनता, र मानव जीवनको हानीमा आधारित यो खेलको पर्दाफास गर्नु आजको अत्यावश्यकता हो।