जर्मनीको बर्लिन चिडियाखानामा रहेको जुम्ल्याहा पाण्डा

स्थानीय समय अनुसार मार्च २० तारिख जर्मनीको बर्लिन चिडियाखानाका लागि एक विशेष दिन थियो। गत वर्ष जन्मिएका पाण्डा जुम्ल्याहा “लेनी” र “लोटी” ले पहिलो पटक बाहिरी क्षेत्रमा गतिविधि गरे।

सात महिना पूरा हुन लागेका यी दुईवटा पाण्डा काठको ढाँचामा चढ्ने, खेल्ने गर्दै नयाँ वातावरणप्रति उत्सुक देखिए। उनीहरु कहिलेकाहीँ बाँस चपाउने प्रयास गर्दै मनमोहक अवस्थामा छन्। मार्च २० तारिखदेखि मौसम अनुकूल भएमा प्रतिदिन अपरान्ह एक घण्टासम्म बाहिर निस्कने यी जुम्ल्याहा “लेनी” र “लोटी” ले क्रमशः समय बढाउँदै जानेछन्। करिब तीन हप्तापछि उनीहरूले आमा “मंग मंग” सँगै बाहिरी क्षेत्रमा पहिलो पटक प्रवेश गरी दिनभरि बाहिर खेल्ने बानी बसाल्नेछन्।

प्राकृतिक वातावरणमा साना पाण्डाहरूले चारदेखि छ महिनाको उमेरमा चढ्न सिक्न थाल्छन्, यस क्षमताले शिकारीजन्य खतराबाट जोगिन मद्दत गर्छ, त्यसैले चढ्ने सीप उनीहरुलाई हुर्काउनका लागि निकै महत्त्वपूर्ण छ। यसैलाई ध्यानमा राखेर चिडियाखानाले हाल नयाँ काठको चढ्ने ढाँचा निर्माण गर्नुका साथै ढल्ने समयमा चोट नलागोस् भनेर जमिनमा बोक्राको मोटो तह पनि छर्ने गरेको छ।

बर्लिन चिडियाखानाका पाण्डा हलका प्रमुख फ्लोरियन सिक्स भन्छन्:”आज तिनीहरूको पहिलो बाहिरी अन्वेषण थियो। ‘ लेनी ‘ अझ साहसी देखियो, उसले नयाँ वातावरणप्रति चासो राखेर धेरै घुम्यो। ‘ लोटी ‘ चाहिँ प्लेटफर्मलाई बढी मन पराउँछ। उ त्यहाँ सुत्यो। तर सामान्यतया उल्टो छ। ‘ लोटी ‘ नै अझ सक्रिय छ, उसले सधैँ रक्षकसँग खेल्छ र रक्षकलाई टोक्छ पनि। ‘ लेनी ‘ शान्त स्वभावको छ र धेरै सुत्छ।”

“लेनी” र “लोटी” जर्मनीमा बसेका पाण्डा “मंग मंग”ले सन् २०२४ को अगस्ट २२ तारिख जन्माएका जुम्ल्याहा पोथी पाण्डा हुन्। जर्मनीमा जन्मेको पाण्डा यो दोस्रो पटक हो। आमा “मंग मंग” र बुवा “च्याउ छिङ” २०१७ को जुन महिनामा चीनको छङ तु शहरबाट बर्लिन चिडियाखाना आएर १५ वर्षसम्म जर्मनीमा बस्दै जाने छन्। २०१९ को अगष्ट ३१ तारिख “मंग मंग”ले पहिलो पटक भाले जुम्ल्याहा “मंग स्याङ” र “मंग युआन” जन्माएका थिए। तिनीहरु जर्मनीमा चार वर्षसम्म बसेपछि २०२३ को अन्त्यमा चीन फर्के। “लेनी” र “लोटी” पनि बर्लिनमा २-४ वर्षपछि चीन फर्कनेछन्।

बर्लिन चिडियाखानाका पाण्डा हलका प्रमुख फ्लोरियन सिक्स भन्छन्:अब पाण्डाको बच्चा लगभग सात महिना पूरा हुना लागेको छ, उनीहरुको तौल जन्मको समयमा करिब १५० ग्रामबाट बढेर अहिलेको १२ किलो पुगेको छ, हुर्केको अवस्था निकै राम्रो छ, र हामी उनीहरुको स्वास्थ्य अवस्थाबाट अत्यन्त सन्तुष्ट छौँ। हामीले छङतु पाण्डा प्रजनन अनुसन्धान केन्द्रसँग लामो समयदेखि निकट र मित्रवत सहयोग गरिरहेका छौं। छङतुबाट आएका एक अनुभवी चिनियाँ विज्ञ’ले “लेनी” र “लोटी” को जन्मदेखि नै बर्लिनमा हामीलाई बच्चाहरूको हेरचाह गर्न सहयोग गरी उनीहरूको स्वस्थ विकास सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्। यसबाहेक, हामी छङतु पाण्डा प्रजनन अनुसन्धान केन्द्रको टोलीसँग नियमित रूपमा भिडियो कुराकानी र इमेलको माध्यमबाट सम्पर्क राख्दछौं, प्रत्येक महिना चिनियाँ पक्षलाई एक प्रतेबेदन प्रदान गरी बच्चाहरूको विकासको प्रगति र वयस्क पाण्डाको अवस्थाबारे जानकारी दिन्छौँ। पाण्डाको विकासलाई अवलोकन गर्न पाउनु साँच्चै राम्रो अनुभव हो, र हामीले सबैलाई जर्मनीमा पाण्डा देख्न सकिने एक मात्र बर्लिन चिडियाखानाको भ्रमणका लागि आमन्त्रण गर्दैछौं र यो प्यारा पाण्डा परिवारलाई भेट्नका लागि हार्दिक अनुरोध गर्दछौं।

“मंग स्याङ” र “मंग युआन” बाट आजको “लेनी” र “लोटी” सम्म, पाण्डा बर्लिन चिडियाखानाको अत्यन्त लोकप्रिय तारामध्यम बनेको छ। यिनीहरुले आगन्तुकहरूलाई खुसी ल्याउनुका साथै चीन र जर्मनी बीच पाण्डाको संरक्षण क्षेत्रमा घनिष्ठ सहयोग देखेका छन्। भविष्यमा, यी दिदी बहिनीले जर्मनीमा खुसीको बाल्यकाल बिताउनेछन्, र चीनको राष्ट्रिय सम्पत्तिको अनौंठो आकर्षण देखाएर चीन-जर्मनीको मित्रताको कथा लेखीरहने छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button