चीन-नेपाल पर्यटनको सुनौलो च्यानल

चीनको मे एक गोल्डेन विक बिदा शुरू हुन लागिरहेको बेला, हिमालयको उत्तरी फेदीबाट बजारलाई रोमाञ्चक बनाउने खबर आएको छ। १८ औं चाइना आउटबाउन्ड ट्राभल फेयरमा सहभागी नेपालको पर्ल होलिडे ट्राभल एजेन्सीले मेलाको पहिलो दिनमा मात्रै १,५०० व्यापारिक वार्ता वा सम्पर्क गरेको छ। जसले रेकर्ड ब्रेकिंग परिणाम ‘नेपालपर्यटन वर्ष २०२५’ कार्यमा थप जिवन्त शक्ति थपिदिएको छ। जसबाट चीन-नेपाल पर्यटन सहकार्यमा ऐतिहासिक अवसर देखा पर्न सक्छ।
चीनको पर्यटन बजारको प्रवृत्ति
चाइना रिसर्च इन्स्टिच्युट पुहुआको पछिल्लो प्रतिवेदनअनुसार, सन् २०२०-२०२४ सम्मको अवधिमा विश्वव्यापी सीमापार पर्यटन बजारको परिधि ८.२ प्रतिशतको चक्रवृद्धि तबरको वृद्धिदरले विस्तार भइरहेको छ भने चीन १२.४ प्रतिशतको वृद्धिदरले अगाडि बढ्दै गइरहेको छ। सन् २०२५ मा चीनको पर्यटन बजारको आकार ३२ खर्ब अमेरिकी डलरभन्दा बढी हुने अनुमान गरिएको छ। चीनको पर्यटन बजारको वर्तमान विशेषताबारे चर्चा गर्दै चाइना टुरिज्म एकेडेमीका निर्देशक याङ चिनसोङले जनाउनु भएको छ ‘चीनको आउटबाउन्ड टुरिज्म रिकभरीको गति ठूलो रहेको र सन् २०२५ मा आउटबाउन्ड पर्यटकहरूको संख्या १५ करोड नाघ्ने अनुमान छ र तीमध्ये चीनका छिमेकी बजार जानेहरू कूल संख्याको ८० प्रतिशत पुग्ने छ। अन्तर्राष्ट्रिय आर्थिक र व्यापार उतारचढावको सामना गरेता पनि, चीनको आउटबाउन्ड पर्यटनले अझै पनि १२ प्रतिशतको औसत वार्षिक वृद्धि दर कायम राखिरहेको छ। यस सम्बन्धमा नेपाल पर्यटन बोर्डका निमित निर्देशक सुनिल शर्माले भन्नु भएको छ, ‘चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठ मनाउँदा सन् २०१९ मा नेपाल भ्रमणमा रहेका १ लाख ५३ हजार चिनियाँ पर्यटकको रेकर्डलाई नाघेर नयाँ रेकर्ड सिर्जना हुने अपेक्षा छ।’
नेपाली पर्यटन उद्यमहरूको “हाइपरलिंक” दक्षता
पर्ल होलिडेका महाप्रबन्धक राम नेउपानेले तथ्यमार्फत् यसरी बताउनु भएको छ: मेलामा सहभागी भएको पहिलो दिनमा १,०००-१,५०० चिनियाँ संस्थाहरूसँग सम्पर्क गरेका छौँ र जम्मा गरी ५००० संस्था र एजेन्सीहरूसँग सम्पर्क गर्न सक्ने अपेक्षा गरेका छौँ। यस्तो उपलब्धि दुई देशका उड्यान संचालन भएका शहरहरूको संख्या ३ देखि ६ सम्म बढेर ती शहरहरू बीच यात्रु ढुवानी गर्ने क्षमताको भरमा छ। साथै फिल्म र टेलिभिजन सह-निर्माण र कला प्रदर्शनहरूद्वारा ल्याइएको सांस्कृतिक अनुनादको कारण पनि हो। हालै पैचिङमा आयोजित ‘नेपाल फुड फेस्टिभल २०२५’ मा नेपाल होटल सङ्घका अध्यक्ष विनायक शाहले आफ्नो विचार व्यक्त गर्दै भन्नु भएको छ, ‘चीनको सांस्कृतिक पर्यटन खपतमा भएको वृद्धिले नेपालको पर्यटन उद्योगको व्यापारमा ठूलो विकास ल्याउने अपेक्षा छ।’
‘दुई तर्फी द्रुत लेन’ खोल्ने नीतिको संयोजन
चीनको ‘खरीद गरेपछि तुरून्तै फिर्ता गर्नु” भन्ने चीनबाट प्रस्थान गर्दा कर फिर्ता दिने नीतिले गर्दा, भुक्तानी दक्षतामा ६० प्रतिशतले वृद्धि भएको छ। चिनियाँ मुद्रा आरएमबी क्रस-बोर्डर सेटलमेन्टको कभरेज दर बढ्दै गएको साथै चीन र नेपालबीच दुई तर्फी यात्री प्रवाह मे १ को बिदामा नयाँ रेकर्ड सिर्जना हुने अपेक्षा गरिएको छ। यो नेपाल पक्षको चिनियाँ भाषा टीम लिटरको सेवासँगै सेवादेखि भुक्तानीसम्म पूर्ण-चेन सुविधाजनक प्रणाली स्थापना गरिन्छ।
चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठको बिहानी किरण सगरमाथाको चुचुरोमा पर्न थालेको छ र दुई देशबीचको सांस्कृतिक तथा पर्यटकीय सहयोग पर्यटकको सरल यातायातभन्दा पनि सभ्यताबीचको संवादको त्रि-आयामिक निर्माणसम्म पुगेको छ। काठमाडौँको दरबार स्क्वायरदेखि शाङहाईको बन्डसम्म, एबिसी हाइकिङ रुटदेखि टिकटक कल्चरल टुरिजम लाइभ ब्रोडकास्ट रुमसम्म १ अर्ब ४० करोड चिनियाँ र ३ करोड नेपालीबीचको भेटले हिमालयपारको बहुआयामिक चित्र कोरिरहेको छ। जब चिनियाँ पर्यटकले पोखरामा प्याराग्लाइडिङको रोमाञ्चक अनुभव गर्छन् भने नेपाली विद्वानहरूले तोन्हुआङ एकेडेमीमा थाङ्काको डिकोड गर्छन्। यो दुईतर्फी सांस्कृतिक डिकोडिंग ‘बेल्ट एण्ड रोड’ को जनस्तरको सम्बन्धको लागि उत्तम फुटनोट हो। सन् २०२५ को अपेक्षा गर्दा, चीन र नेपालले १ लाख ५० हजार देखि २ लाखसम्म यात्रु आवागमनको फड्को मार्ने मात्र होइन, ‘इको-सांस्कृतिक टुरिजम् नविनता करिडोर’ स्थापना गर्दै सँगै काम गर्ने आवश्यकता छ। जसले गर्दा हरेक पर्यटन अडर हरित विकासको बीउ बन्ने र हरेक सांस्कृतिक संवादलाई जनता-जनताबीचको बन्धनमा परिणत गर्न सकिने छ – यो ‘बेल्ट एण्ड रोड’ अवधारणाअन्तर्गत विश्वको दिगो विकासका लागि हामी दुई देशका जनताको सबैभन्दा स्नेही जवाफ हो।
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button