दक्षिण एसियामा युद्ध होइन, संवाद र शान्तिको पक्षमा हामी छौं: संयाेजक बाेहाेरा

दक्षिण एसियामा पछिल्लो समयमा उत्पन्न घटनाक्रम, विशेषगरी भारत र पाकिस्तानबीच बढ्दो सैन्य तनाव, नेपाली सहित सम्पूर्ण सचेत नागरिकहरूका लागि गम्भीर चिन्ताको विषय बनेको छ। पुलवामा घटनापछि युद्धको सम्भावनाका विषयमा विभिन्न स्तरमा व्यक्त गरिएका अभिव्यक्तिहरूले यस क्षेत्रको शान्ति, स्थायित्व, जनसुरक्षा र आर्थिक भविष्यका लागि गम्भीर जोखिम प्रस्तुत गरेको छ।

हामी, नेपाली नागरिकहरू, नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दछौं कि दक्षिण एसियाली राष्ट्रहरूबीच कूटनीतिक संयम र संवादको माध्यमबाट तनाव न्यूनीकरण गर्न ठोस पहल गरियोस्। साथै, नेपालले आफ्नो असंलग्न विदेश नीतिको आधारमा यस जटिल अवस्थामा सन्तुलित मध्यस्थताको भूमिका निभाउन सक्ने विश्वास हामी राख्दछौं।

हामी सबै नागरिकहरूलाई पनि सम्बोधन गर्दै आग्रह गर्दछौं कि शान्तिपूर्ण अभियान, सामाजिक सचेतना र आफ्नो प्रभावकारी माध्यममार्फत युद्ध, अस्थिरता र अशान्तिको विरुद्ध सङ्गठित आवाज उठाउनुहोस्।

अस्थिरता, अशान्ति र युद्धले कहिल्यै समस्या समाधान गर्न सक्दैन। यसले मानवीय पीडा बढाउँदै संकटलाई युद्धको अग्निमा धकेल्न सक्छ। त्यसैले, दक्षिण एसियामा साझा शान्ति, सहयोग र विकासको भविष्य निर्माण गर्न संवाद र सहकार्य नै एकमात्र उपाय हो।

हामी दक्षिण एसियाली राष्ट्रहरू, विशेषगरी भारत र पाकिस्तानलाई, तनाव छिट्टै निवारण गर्न वार्तामा बढुवा गर्न आग्रह गर्दछौं। साथै, हाम्रो पूर्वीय सनातन सभ्यताको प्रतीक श्री पशुपतिनाथको आशीर्वाद प्राप्त हाेअाेस् भन्ने कामना हाम्रो पार्टी नेपालका संयाेजक गाेविन्द बाेहाेरा ब्रम्हाण्डद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button