चिनियाँ पाहुनालाई भक्तपुरको जुजुधौ

चिनियाँ उच्चस्तरीय पाहुना टोली भक्तपुर भ्रमणमा निस्केको छ। चिनियाँ जनकाँग्रेस स्थायी समितिका उपाध्यक्ष (उपसभामुख) सियाओ चिए सगरमाथा संवादमा सहभागी हुन आउने क्रममा १५ सदस्यीय टोलीसहित मे १६ तारिख राति ललितपुर दरबार स्क्वायर घुम्नुभयो भने मे १७ तारिख शनिबार बिहान भक्तपुरको मूलढोका लायकुमा नेमकिपा सांसद प्रेम सुवालद्वारा स्वागत गरिएको छ। चिनियाँ राजदूत छन सोङ पनि सङ्गै रहनु भएको जनआस्था अनलाइनले लेखेको छ।
दरबार स्क्वायरको अवलोकनपछि टोलीले टौमढी पुगेर पाँचतले मन्दिर, भैरवनाथ मन्दिर अवलोकन गरेको छ। स्थानीय हारती क्याफेमा चिनियाँ पाहुनाहरुलाई जुजुधौ खुवाइएको र त्यसपछि भित्री नगर अवलोकनको क्रममा संगम साकोस सहकारी संस्था, भूकम्प पछिको पुनर्निर्माण र भुई तहको कम्युनिस्ट संगठन देखाइएको समाचारमा उल्लेख छ।
चिनियाँ पाहुनाहरुलाई तालाको चोकमा माटाको भाँडा बनाउने कलासम्वन्धी जानकारी पनि गराइएको छ।
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button