पारि बोलाएर चिनियाँ साथी पक्राउ

भारतीय सुरक्षा बल (एसएसबी) ले नेपाली भूमिमा घुम्दै गरेका एक जना चिनियाँलाई पक्राउ गरेको छ । सिरहा, बरियारपट्टी गाउँपालिका-३,दरैया सीमा इलाकाबाट यु सिचाओ नामक ४० बर्षका युवा गत शुक्रबार बिहान ११:३० बजे त्यसरी उठाइएका हुन् ।

सिरहा सुखिपुर नगरपालिका-३ बस्ने ललितपुर धापाखेलको सुमेरु अस्पतालमा कार्यरत सन्दिप दासका साथी ती चिनियाँलाई ३८ डिग्रीको गर्मीले उकुसमुकुस भएपछि खुल्ला हावा खान निस्किएको अवस्थामा भारतीय सुरक्षाकर्मीले बोलाएर भ्यानमा हाली भित्रभित्रै दम्पच पारेको बताइन्छ । पेशाले चिकित्सक रहेका दास र यु साथी हुन् । चीनमा अध्ययन गर्ने क्रममा साथी बनेका र ३ महिने नेपाली भीसाबाहक उनलाई दासले आफ्नो गृहजिल्ला घुम्न बोलाएका थिए ।

सोही क्रममा भारतीय एसएसबीको टोलीले नेपाली भूमिबाट पारी बोलाएर नियन्त्रणमा लिएको हो । दास भन्छन्, ‘सीमा क्षेत्र १० गजा पार नगर्दै,नेपाली भूमिमा छँदै एसएसबीले गफ गर्न बोलाएर समात्यो ।’ केहीबेरको सोधपुछपश्चात सन्दिपलाई छाडियो भने यो कुरा थाहा पाएर समन्वय गर्न गएका सशस्त्र प्रहरी बलका डिएसपीलाई केही कुरा बुझ्नु छ अनि छाडिदिन्छौं भन्दै रित्तो हात फर्काइयो  ।

डाक्टर दासका अनुसार चिनियाँ नागरिक युको सबै कागजात वैध छ । चिनियाँ पासपोर्ट र ३ महिने नेपाली भिसा रहेका उनलाई गाउँ घुम्न बोलाइएको थियो । तर,एसएसबीले शंकै शंकामा बोर्डर पारिबाट ‘यता आउनु,गफ गर्नु छ’ भनेर बोलाउँदै समात्न थाल्दा नेपालको बेइज्जती हुने र अर्को छिमेकीलाई तनाव बढ्ने खतरा छ ।

सम्भवतः सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा पोष्ट (बिओपी) नरहेको स्थानमा घुम्दै गरेको बखत भारतीय एसएसबीले उनीहरुलाई पारी बोलाएको हुनसक्छ ।

उताका सुरक्षाकर्मीले बोलाउँदा बिश्वासमा परी लुरुलुरु जानु नै चिनियाँ र उनका नेपाली साथीहरुको कमजोरी बन्न पुगेको कतिपयको भनाइ छ । पाकिस्तानसँग भारतको पछिल्लो तनावका वीच सीमा क्षेत्रमा एसएसबी झन बढी सक्रिय छ । विशेषगरी सीमा क्षेत्रमा चिनियाँ,पाकिस्तानी र बङ्गलादेशी नागरिकको आशंका हुनासाथ समात्ने र दु:ख दिने क्रम बढ्दो छ ।

डाक्टर दासका अनुसार चिनियाँ नागरिक युको सबै कागजात वैध छ । चिनियाँ पासपोर्ट र ३ महिने नेपाली भिसा रहेका उनलाई गाउँ घुम्न बोलाइएको थियो । तर,एसएसबीले शंकै शंकामा बोर्डर पारिबाट ‘यता आउनु,गफ गर्नु छ’ भनेर बोलाउँदै समात्न थाल्दा नेपालको बेइज्जती हुने र अर्को छिमेकीलाई तनाव बढ्ने खतरा छ ।

पाकिस्तानसँगको लडाइँ प्रत्युत्पादक भएको अवस्थामा निर्दोष चिनियाँलाई पक्राउ गरेर भारतीय सशस्त्र प्रहरीले काम देखाउन खोजेकोमा सिमानाका नेपाली वासिन्दा र सुरक्षाकर्मी आक्रोशित छन् ।

दुई साताअघि वीरगञ्ज हुँदै ठ्याक्कै पारीपट्टी रक्सौल चियाउन पुगेका चार जना चिनियाँ नागरिकलाई पनि भारतीय सुरक्षा बलले नियन्त्रणमा लिएको थियो ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button