वाङ यीद्वारा चीन–अफगानिस्तान–पाकिस्तान त्रिपक्षीय विदेशमन्त्रीको बैठकको उपलब्धिबारे मूल्याङ्कन

मे २१ तारिख चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले पैचिङमा चीन-अफगानिस्तान-पाकिस्तान त्रिपक्षीय विदेश मन्त्रीबीचको अनौपचारिक बैठकको अध्यक्षता गर्नुभयो। पाकिस्तानी उपप्रधान तथा विदेशमन्त्री र अफगानिस्तानी कार्यवाहक विदेशमन्त्री सो बैठकमा सहभागी हुनुभयो। उहाँहरूले संवादका उपलब्धिबारे सकारात्मक मूल्याङ्कन गर्नुका साथै त्रिपक्षीय संयन्त्रको सम्भाव्यताको अझ विकास गर्ने र पारस्परिक लाभ, सहयोग र मित्रताको प्रबद्र्धन गर्ने विषयमा गहन वैचारिक आदानप्रदान गर्नुभएको छ।
मन्त्री वाङ यीले सात बुँदामा बैठकको उपलब्धिबारे मूल्यङ्कन गर्नुभयोः
१. पारस्परिक राजनीतिक विश्वास बढाउनुका साथै असल छिमेकी मित्रता कायम राख्नुपर्छ।
२. चीन–अफगानिस्तान–पाकिस्तान त्रिपक्षीय विदेशमन्त्री बीचको वार्ता जतिसक्दो छिटै काबुलमा आयोजना गर्न चीन–अफगानिस्तान–पाकिस्तान त्रिपक्षीय विदेश मन्त्रीबीच संवाद संयन्त्रको भूमिका खेलिएको छ।
३. आदानप्रदानलाई घनिष्ठ पार्नुका साथै कूटनीतिक सम्बन्धलाई मजबुत बनाइएको छ।
४. “बेल्ट एण्ड रोड” सहयोगलाई प्रगाढ बनाउँदै चीन-पाकिस्तान आर्थिक करिडोरलाई अफगानिस्तानसम्म विस्तार गर्न र क्षेत्रीय कनेक्टिभिटी नेटवर्कको निर्माणलाई मजबुत बनाएको छ।
५. व्यावहारिक सहयोगलाई बढाउनुका साथै सहयोग क्षेत्रलाई विस्तार पार्नुका साथै सहयोगको स्तरलाई माथि उकासेको छ।
६. सबै प्रकारका आतङ्कवादको विरोध गर्दै कानून कार्यान्वयन र सुरक्षा सहयोग गरी मिलेर पारस्परिक चासोका आतङ्कवादी शक्तिमाथि प्रहार गर्नुका साथै आन्तरिक मामिलामा बाह्य हस्तक्षेपको विरोध गरेको छ।
७. क्षेत्रीय शान्ति र स्थिरताको संरक्षण गरेर आ–आफ्नो विकास र पुनरुत्थानका लागि राम्रो बाह्य वातावरणको सिर्जना गरेको छ।