दिउँसो २ बजेसम्म एमालेलाई, त्यसपछि राजावादीलाई प्रदर्शनको समय तोकियो

#ड्रागन मिडिया रिपोर्टर
जिल्ला प्रशासन कार्यायल काठमाडौंले एमाले र राजावादी दुवै पक्षसँगको छलफलपछि प्रदर्शनको समय निर्धारण गरेको हो ।
एमालेले १५ जेठमा गणतन्त्र दिवस उत्सव मनाउने र राप्रपाले राजतन्त्र पुनर्स्थापनाको माग राखेर प्रदर्शन गर्ने योजना बनाएका छन्।
प्रशासनले समय निर्धारणका लागि एमाले र राप्रपाका नेताहरूसँग पनि छलफल गरेको थियो । जिल्ला प्रशासन कार्यालयले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग सम्पर्क गरी समय निर्धारणबारे छलफल गरेको थियो ।
दुवै पक्षले भृकुटीमण्डप, सहिदगेट, रत्नपार्कलाई मध्यनजर गरेर कार्यक्रम आयोजना गरेका छन् ।