बर्दिया आगामी ५ बर्ष भित्र बर्दियालाई सम्बृद्ध बनाउने बाम गठबन्धनका उम्मेदवारहरुले घोषणा

मिन अधिकारी
बर्दिया आगामी ५ बर्ष भित्र बर्दियालाई सम्बृद्ध बनाउने बाम गठबन्धनका उम्मेदवारहरुले घोषणा गर्नुभएको छ ।
नेकपा (एमाले) को पार्टी कार्यालय गुलरियामा शुक्रबार आयोजित साझा प्रतिबद्धता सार्वजनिक गर्ने कार्यक्रममा बर्दिया जिल्लालाई आगामी ५ बर्ष भित्र सम्बृद्ध जिल्ला बनाउने बाम गठबन्धनका उम्मेदवारहरुले संयुक्त रुपमा घोषणा गर्नुभएको हो ।
नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष तथा बाम गठबन्धनको तर्फबाट बर्दिया क्षेत्र नं १ प्रतिनिधी सभा सदस्य उम्मेदवार बामदेव गौतम, क्षेत्र नं २ प्रतिनिधी उम्मेदवार सन्तकुमार थारु, प्रदेश सभाका लागि बाम गठबन्धनका उम्मेदवारहरु, संचारकर्मी र पार्टी कार्यकर्ताहरुको उपस्थितीमा साझा प्रतिवद्धता पत्र सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको साझा प्रतिवद्धता पत्रमा आगामी ५ वर्ष भित्र जिल्लालाई भौतिक पूर्वाधार निमार्ण सम्पन्न गर्ने प्रतिवद्धता गरीएको छ । पूर्वाधार एक सय वर्षसम्मका लागि रहने गरी बनाईने बताईएको छ । जिल्लामा संचालनमा रहेको बबई सिँचाई आयोजनालाई पूर्णरुपमा संचालनमा ल्याउने, भेरी डाइभर्सन परियोजनालाई आगामी २ वर्ष भित्रमा निमार्ण सम्पन्न गरिने, कर्णाली चिसापानी बहुउद्धेश्य परियोजना आगामी ७ वर्ष भित्र सम्पन्न गर्ने लगाएतका योजनाहरु समावेश गरीएको छ । त्यसैगरी कृषिमा यान्त्रीकीकरण गर्नका लागि भूमीलाई चक्लाबन्दी गरिने प्रतिवद्धता गरिएको छ । यसैगरि जिल्ला भित्रका ग्रावेल भएका सबै सडकहरु कालोपत्रे गरिने, जिल्लाका बाढीपिडीतलाई २ वर्ष भित्र सुरक्षित आवासको व्यवस्था गरिने, बबई नदी नियन्त्रण तथा व्यवस्थापन परियोजना संचालन गरि बबई नदिमा उच्च ड्याम बनाई जिल्लालाई कटान तथा डुवान मुक्त गरिने प्रतिवद्धता जनाइएको छ । मुख्य राजमार्ग वाहेक जिल्लाका सबै स्थानिय तहलाई जोडने गरि सडक सञ्जाल विस्तार गरिने, पूर्व पश्चिम राजमार्गदेखि दक्षिणी भारतिय सिमा क्षेत्रसम्म सडक विस्तार गरिने, भूमिहिन मुक्तकमैया र सुकुम्बासीसँग जोडिएका सबै समस्याहरु २ वर्ष भित्र समाधान गरिने र प्रत्येक गाउँलाई ग्रामिण शहरको रुपमा विकास गरिने, हरेक नगरपालिकामा ५० शैयाको र गाउँपालिकामा २० शैयाको अस्पताल निर्माण गरि जिल्लाको स्वास्थ्य समस्या समाधान गरिने प्रतिवद्धता गरिएको छ । बबई नदीको जब्दीघाट ४ लेनको पुल निमार्ण गरिने, हुलाकी सडकलाई ४ लेनमा स्तरोन्नती गरिने, प्रत्येक स्थानिय तहमा आधुनिक शित भण्डार स्थापना गरिने, थारु समुदायमा देखिने सिकल सेल एनिमिया रोगको उपचारका लागि बारबर्दिया नगरपालिकामा सुविधा सम्पन्न अस्पताल निमार्ण गरिने भुरिगाउँ तेलपानीहुदै सुर्खेत जोडनका लागि वातावरण तथा वन्यजन्तु मैत्री पर्यटन मार्ग निमार्ण गर्न पहल गर्ने, गर्ने वाम गठबन्धनले प्रतिवद्धता जनाएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button