चीन–उत्तर कोरिया अन्तर्राष्ट्रिय यात्रु ट्रेन सेवा सुरु, सम्बन्ध विस्तारतर्फ कोसेढुंगा

काठमाडौं / चीन र उत्तर कोरियाबीच अन्तर्राष्ट्रिय यात्रु ट्रेन सेवा सुरु भएको छ। चीन रेलवे कम्पनी लिमिटेडले बिहीबारदेखि दुवै दिशातर्फ यो सेवा सञ्चालनमा आउने जानकारी दिएको हो।

यो सेवा चीनको राजधानी बेइजिङ र उत्तरपूर्वी सीमावर्ती सहर डान्डोङलाई उत्तर कोरियाको राजधानी प्योङयाङसँग जोड्ने गरी सञ्चालन गरिएको छ। यसले दुई देशबीचको सीमापार यात्रा, व्यापार तथा आर्थिक सहकार्य र सांस्कृतिक आदानप्रदानलाई थप सहज बनाउने लक्ष्य राखिएको छ।

बेइजिङ र प्योङयाङबीचको ट्रेन सेवा हप्तामा चार दिन सञ्चालन हुनेछ। सोमबार, बुधबार, बिहीबार र शनिबार दुवै दिशातर्फ यो सेवा उपलब्ध हुनेछ। डान्डोङ–प्योङयाङ ट्रेन सेवा भने दैनिक रूपमा सञ्चालन हुने बताइएको छ।

यी अन्तर्राष्ट्रिय रुटहरूका लागि अफलाइन टिकट बिक्री पनि सुरु भइसकेको छ।

चीन रेलवे कम्पनी लिमिटेडको अन्तर्राष्ट्रिय विभागका एक कार्यकारीले यी ट्रेन सेवाहरू सीमापार यात्रुहरूका लागि महत्वपूर्ण माध्यम मात्र नभई दुई देशबीचको मैत्री सम्बन्ध सुदृढ गर्ने गतिशील कडीका रूपमा रहने बताए।

यो सेवाले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन र क्षेत्रीय सहकार्यलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button