२ आश्विन २०८३, शुक्रबार

त्रिभुवन विमानस्थलमा ४५ जना नियन्त्रणमा, करिब दुई किलो सुन र ८८ लाखका विद्युतीय सामान बरामद

ड्रागन मिडिया सम्वाददाता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अवैध सुन ओसारपसार तथा भन्सार छलीविरुद्ध चलाएको निगरानीका क्रममा ४५ जनालाई नियन्त्रणमा लिएर उनीहरूको साथबाट करिब दुई किलो सुन बरामद गरेको जनाएको छ। विमानस्थल हुँदै नेपाल आउने यात्रुलाई प्रयोग गरी सुन ओसारपसार तथा तस्करी गर्ने गतिविधिमाथि निगरानी बढाइएको प्रहरीले जनाएको छ।

विमानस्थल सुरक्षा कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार साउन १ गतेदेखि भदौ ३१ गतेसम्म ४५ जनालाई नियन्त्रणमा लिइएको हो। उनीहरूको साथबाट एक किलो ६४३ ग्राम सुन बरामद गरिएको छ। बरामद सुनको अनुमानित बजार मूल्य चार करोड ७५ लाख ६३ हजार ९६१ रुपैयाँ रहेको कार्यालयले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा बाह्य मुलुकबाट नेपाल फर्किएका केही नेपाली यात्रुलाई प्रयोग गरी सुन नेपाल भित्र्याउने प्रयास भइरहेको देखिएको प्रहरीको भनाइ छ।

बरामद सुन तथा नियन्त्रणमा लिइएका व्यक्तिलाई आवश्यक अनुसन्धान र प्रचलित कानुनबमोजिमको कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ। प्रहरीले यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा सञ्जालबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यसैगरी विमानस्थल सुरक्षा कार्यालयले नियमित तथा आकस्मिक जाँचका क्रममा भन्सार छली गरी ल्याइएका मोबाइल फोन, ल्यापटप, भेपलगायत करिब ८८ लाख २२ हजार रुपैयाँ बराबरका विद्युतीय सामग्रीसहित १० जनालाई नियन्त्रणमा लिएको जनाएको छ। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ।

विमानस्थलबाट हुने अवैध सुन तथा विद्युतीय सामग्रीको ओसारपसार र तस्करी नियन्त्रण गर्न यात्रु तथा सामानको जोखिममा आधारित सुरक्षा जाँच, एक्स रे स्क्रिनिङ, सूक्ष्म निगरानी, सूचना सङ्कलन तथा सम्बन्धित निकायसँगको समन्वयलाई थप प्रभावकारी बनाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

प्रहरीले विमानस्थल प्रयोग गर्ने यात्रुलाई प्रचलित कानुन तथा भन्सारसम्बन्धी व्यवस्था पूर्ण पालना गर्न आग्रह गर्दै कुनै व्यक्ति वा समूहको प्रलोभन, दबाब वा प्रभावमा परी गैरकानुनी वस्तु ओसारपसार नगर्न सचेत

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button