१० आश्विन २०८३, शनिबार

हुम्लाका सातै गाउँपालिकामा कांग्रेस अधिवेशन सम्पन्न, सार्वजनिक विवरणमा छ सभापतिको नाम

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातै गाउँपालिकाको अधिवेशन सम्पन्न भएको जिल्ला सभापति मोहनविक्रम सिंहले बताएका छन्। उनका अनुसार जिल्लाका ४४ वडामध्ये ४२ वडामा पनि अधिवेशन सकिएको छ।

सार्वजनिक विवरणअनुसार नाम्खा गाउँपालिकाको सभापतिमा पेमा लामा, सिमकोटमा बलवीर शाही, खार्पुनाथमा बसन्त शाही, ताँजाकोटमा रणबहादुर रिठाल, अदानचुलीमा जीवन बुढा र सर्केगाडमा सुवास रावत सर्वसम्मत चयन भएका छन्। सातै गाउँपालिकाको अधिवेशन सम्पन्न भएको भनिए पनि सार्वजनिक विवरणमा चंखेली गाउँपालिकाका सभापतिको नाम उल्लेख छैन।

सिंहका अनुसार गाउँपालिका र वडा अधिवेशनपछि महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया अघि बढ्नेछ। बाँकी दुई वडाको अधिवेशन कहिले हुने भन्ने विवरण पनि सार्वजनिक भएको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button