१० आश्विन २०८३, शनिबार

नारायणीको बाढी सुस्तामा पस्यो, थारू टोलका ७८ परिवार सुरक्षित स्थानमा

ड्रागन मिडिया सम्वाददाता

नारायणी नदीको बाढी पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित थारू टोलमा पसेपछि ७८ परिवार सुरक्षित स्थानमा सरेका छन्। सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालका अनुसार उनीहरूले स्थानीय आश्रयस्थल र आफन्तका घरमा आश्रय लिएका छन्।

प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बाढी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको बताए। नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले सूचना प्रवाह र स्थानान्तरणमा सहयोग गरेका थिए। स्थानीय बासिन्दाका अनुसार बाढीले केही घर, बाटो र खेतबारी डुबाएको छ।

बाढी र नदी कटानले धान तथा उखु खेतीमा पनि क्षति पुर्‍याएको छ। स्थानीय मुन्सीकुमार हरिजनले आफ्नो दश कठ्ठामा लगाइएको उखु नारायणीले कटान गरी बगाएको बताए। अन्य किसानका बालीमा पनि क्षति पुगेको स्थानीयको भनाइ छ। सुस्तामा नदीले वर्षायाम शुरु भएदेखि अस्थायी बाँध र आसपासको जमिन कटान गर्दै आएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button