दुई दिनको वर्षापछि काठमाडौँका केही स्थानमा घाम

ड्रागन मिडिया सम्वाददाता
लगातार दुई दिन वर्षा भएपछि काठमाडौँका विभिन्न स्थानमा शनिबार बिहान घाम लागेको छ। वर्षा गराउने प्रणाली पश्चिमतिर सर्दै जाँदा उपत्यकाको मौसम क्रमशः खुल्दै गएको हो।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको उत्तरी महाराष्ट्र र छत्तिसगढ आसपास रहेको बलियो न्यून चापीय प्रणाली उत्तर उत्तरपश्चिमतर्फ सर्दै छ। आगामी २४ घण्टामा उक्त प्रणाली क्रमशः कमजोर हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।





