१० आश्विन २०८३, शनिबार

बारामा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

ड्रागन मिडिया सम्वाददाता

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित तीन नम्बर पुलनजिक ट्रकको ठक्करबाट स्कुटर चालक योगेन्द्र मगरको मृत्यु भएको छ। शुक्रबार राति करिब ११ बजे हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ट्रकले सोही दिशामा रहेको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।

टाउकोमा गम्भीर चोट लागेका करिब ३५ वर्षीय मगरलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुर्‍याइएको थियो। चिकित्सकले राति ११ बजेर ५० मिनेटमा उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीले ट्रक र त्यसका चालक राजन खड्कालाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button