१७ आश्विन २०८३, शनिबार

मनाङमा रोकिएको नौ सदस्यीय समूह हेलिकोप्टरबाट बाहिरियो

ड्रागन मिडिया सम्वाददाता

हिमाली पदमार्गमा रोकिएका पर्यटकबारे सञ्चारमाध्यमबाट आएका जिज्ञासाको जवाफ दिँदै नेपालस्थित रुसी दूतावासले ठूलो सङ्ख्यामा रुसी नागरिक अलपत्र परेको जानकारी आफूलाई नरहेको जनाएको छ। दूतावासलाई जानकारी भएका अधिकांश घटनाको समस्या समाधान भइसकेको छ। सञ्चार सम्पर्क नहुँदा केही पर्यटकले दूतावासलाई खबर गर्न नसकेको हुन सक्ने र अनुभवी पदयात्रीले आफैँ समस्या समाधान गरेको हुन सक्ने दूतावासको भनाइ छ।

हराइरहेका आफन्त खोजिदिन भन्दै दूतावासमा केही अनुरोध आएका थिए। खोजी गरिएका व्यक्तिहरू सम्पर्कमा आएपछि तीमध्ये अधिकांश अनुरोध फिर्ता लिइएको दूतावासले जनाएको छ। मुस्ताङको मुक्तिनाथमा सञ्चार सम्पर्क र खर्चका लागि रकमविहीन अवस्थामा रोकिएकी एक युवतीलाई सहायता पुर्‍याउन उनकी साथीले दूतावासको समन्वयमा जोमसोमबाट टोली पठाएकी थिइन्।

मनाङको एक पहाडी गाउँमा केही दिनदेखि रोकिएको नौ सदस्यीय अन्तर्राष्ट्रिय समूहलाई हिजो हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा पुर्‍याइएको दूतावासले जनाएको छ। गाउँमा उनीहरू सुरक्षित रहेकाले स्थानीय अधिकारीले उद्धार अभियान सञ्चालन गर्ने योजना बनाएका थिएनन्। तर, लामो समयसम्म रोकिँदा र बाहिरिने बाटोबारे अनिश्चितता बढेपछि समूहले आफैँ उपाय खोजेको थियो। हेलिकोप्टर भाडाको खर्च समस्यामा परेका यात्रुलाई सहयोग गरेको पर्यटन कम्पनीले बेहोरेको दूतावासको विवरणमा उल्लेख छ।

दूतावासले घटनाबारे प्राप्त सूचनामा निगरानी राखिरहेको र नेपाल प्रहरीको पर्यटक प्रहरीसहित सम्बन्धित नेपाली निकायसँग नियमित सम्पर्कमा रहेको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button