२४ आश्विन २०८३, शनिबार

चीनको राष्ट्रिय दिवस चलचित्र बजारमा ३६.६ प्रतिशत गिरावट

ड्रागन मिडिया समाचार कक्ष

चीनको सातदिने राष्ट्रिय दिवस बिदाका क्रममा चलचित्रको बक्स अफिस आम्दानी अघिल्लो वर्षको तुलनामा ३६.६ प्रतिशत घटेको छ। रोयटर्सले चिनियाँ चलचित्र विश्लेषण प्लेटफर्म माओयानको तथ्याङ्क उद्धृत गर्दै यस वर्षको अक्टोबर १ देखि ७ सम्मको आम्दानी १ अर्ब १६ करोड युआन रहेको जनाएको छ। सन् २०१४ पछिको यो अवधिको सबैभन्दा कमजोर नतिजा हो।

चीनको राष्ट्रिय चलचित्र प्रशासनलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमले बिदाको अवधिमा घरेलु चलचित्रले कुल कमाइको ७८.७ प्रतिशत हिस्सा ओगटेको र ३ करोड १९ लाख ९५ हजारभन्दा बढी टिकट बिक्री भएको जनाएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button