उत्तर प्रदेशमा रोकिराखेको विद्यालय बसलाई ट्रकले ठक्कर दिँदा चार विद्यार्थीको मृत्यु

ड्रागन मिडिया समाचार कक्ष
भारतको उत्तर प्रदेशस्थित कन्नौज जिल्लामा मंगलबार सडकछेउमा रोकिराखेको विद्यालय बसलाई ट्रकले पछाडिबाट ठक्कर दिँदा चार विद्यार्थीको मृत्यु भएको छ। दुर्घटनामा शिक्षकसहित ३० जनाभन्दा बढी घाइते भएको अधिकारीहरूले सिन्ह्वालाई फोनमा पुष्टि गरेका छन्।
विद्यार्थीहरू शैक्षिक भ्रमण सकेर घर फर्कँदै गर्दा आगरा–लखनउ द्रुतमार्गमा दुर्घटना भएको हो। सिन्ह्वाका अनुसार तीव्र गतिमा आएको ट्रकले बसलाई ठक्कर दिएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर र भिडियोमा बसको पछाडिको भाग क्षतिग्रस्त देखिन्छ।





