९ मंसिर २०८३, मंगलवार

वैशाखभित्रै स्थानीय निर्वाचन गर्न एमाले महासचिव पोखरेलको माग

ड्रागन मिडिया सम्वाददाता

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी वैशाखभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सरकारसँग माग गरेका छन्। प्रदेशको निर्वाचनसँगै गर्ने भन्दै स्थानीय चुनाव अर्को मंसिरसम्म सारिए स्थानीय तह जनप्रतिनिधिविहीन हुने र स्थानीय सरकार कमजोर बन्ने उनको भनाइ छ।

प्रेस चौतारी दाङले मंगलबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाटमा पोखरेलले प्रदेशको निर्वाचन अर्को मंसिरमा हुनुपर्ने बताए। सरकार दुवै निर्वाचन एकैपटक गर्ने दिशामा अघि बढेको देखिएको उनको टिप्पणी थियो।

पोखरेलले एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच चुनावी तालमेलबारे छलफल भइरहेको जानकारी दिए। तालमेल गर्ने वा नगर्ने भन्ने विषयमा दुई दल निष्कर्षमा पुग्न बाँकी रहेको उनले बताए।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे टिप्पणी गर्दै पोखरेलले विगतमा वैदेशिक ऋणको विरोध गर्नेहरूले नै अहिले ऋण सुविधा पाउनुलाई ठूलो उपलब्धिका रूपमा प्रस्तुत गरेको बताए। विकास आयोजना अघि बढाउन ऋण पनि आवश्यक पर्छ भन्ने कुरा प्रधानमन्त्रीले बुझ्न थालेको उनको आकलन थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button