मस्कोमा पहिलोपटक ‘युरेसियन ब्रिज’ चलचित्र महोत्सव आयोजना

ड्रागन मिडिया समाचार कक्ष
दशौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘युरेसियन ब्रिज’ अक्टोबर ५ देखि ९ सम्म मस्कोमा आयोजना भएको छ। सन् २०१६ देखि हुँदै आएको महोत्सव यस वर्ष पहिलोपटक मस्कोमा सारिएको आयोजकले जनाएको छ।
महोत्सवमा फिचर र वृत्तचित्रका प्रतिस्पर्धात्मक विधासँगै विशेष प्रदर्शन तथा पुनरावलोकन कार्यक्रम राखिएका थिए। आयोजकका अनुसार यसले रुस तथा अन्य देशका चलचित्रकर्मीलाई एउटै मञ्चमा जोड्ने र युरेसियाली चलचित्र सहकार्यलाई अघि बढाउने लक्ष्य राखेको छ।





