कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र अमरसिंह पुनको अग्रता

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्रीका दुई खुला पदको मतगणनामा प्रदीप पौडेल र अमरसिंह पुन मगरले अग्रता लिएका छन्।
पछिल्लो मतपरिणामअनुसार पौडेलले ७८८ र पुन मगरले ४७८ मत पाएका छन्। उदयशमशेर राणा ४५६ मतसहित तेस्रो र सुनिलकुमार शर्मा ३२५ मतसहित चौथो स्थानमा छन्।
गुरुराज घिमिरेले १९७, नैनसिंह महरले १४८, शंकर तिवारीले २० र डा. सन्तोष उपाध्यायले १८ मत प्राप्त गरेका छन्।
महिला महामन्त्रीको एक पदका लागि भएको मतगणनामा डा. डिला संग्रौला (पन्त) ५८३ मतसहित अगाडि छन्। महालक्ष्मी उपाध्याय (डिना)ले ५५७ र रिता खनालले १५३ मत पाएकी छन्।





