कांग्रेस पदाधिकारीको मतगणना जारी, भण्डारी–आचार्य र पौडेल–पुन अगाडि

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना जारी छ। पछिल्लो मतपरिणामअनुसार खुलातर्फका दुई उपसभापति पदमा चन्द्रकान्त भण्डारी र मधु आचार्यले अग्रता लिएका छन्। १ हजार ३३० मत गणना हुँदा भण्डारीले ६७९ र आचार्यले ३९३ मत पाएका छन्।
खुला उपसभापतिमा गोविन्द भट्टराईले ३४५, सुरेन्द्रराज पाण्डेले ३३७, दीपक गिरीले २६४, धनराज गुरुङले २४० र प्रा. डा. चन्द्रमोहन यादवले १३८ मत प्राप्त गरेका छन्। समावेशीतर्फको एक उपसभापति पदमा विनोदकुमार चौधरी ३८२ मतसहित अगाडि छन्। जीवन परियारले ३३०, फरमुल्लाह मन्सुरले १९०, सीता गुरुङले १७० र रञ्जित कर्णले १०७ मत पाएका छन्।
खुलातर्फका दुई महामन्त्री पदको मतगणनामा प्रदीप पौडेल ७८८ र अमरसिंह पुन मगर ४७८ मतसहित अगाडि छन्। उदयशमशेर राणाले ४५६ र सुनिलकुमार शर्माले ३२५ मत पाएका छन्। गुरुराज घिमिरेले १९७, नैनसिंह महरले १४८, शंकर तिवारीले २० र डा. सन्तोष उपाध्यायले १८ मत प्राप्त गरेका छन्।
महिला महामन्त्रीको एक पदमा डा. डिला संग्रौला (पन्त) ५८३ मतसहित अगाडि छन्। महालक्ष्मी उपाध्याय (डिना)ले ५५७ र रिता खनालले १५३ मत पाएकी छन्।





