पूर्वराजा ज्ञानेन्द्रले यसपालि सर्वसाधारणलाई टीका नलगाउने

ड्रागन मिडिया सम्वाददाता
पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा नलगाइदिने भएका छन्। देशमा विपद्का कारण जनधनको ठूलो क्षति भएको र असहज परिस्थिति सिर्जना भएकाले दशैं सादगीपूर्वक मनाउने निर्णय गरिएको उनको संवाद सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार भदौमा रसुवाको भोटेकोशी क्षेत्रमा आएको हिमपहिरो र बाढी तथा असोजको अविरल वर्षाले हजारौँ मानिस विस्थापित भएका छन्। सयौँको निधन भएको र ठूलो जनधनको क्षति पुगेको अवस्थामा यस वर्ष विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गर्ने कार्यक्रम नरहेको सचिवालयले जनाएको छ।





