११ कार्तिक २०८३, मंगलवार

हङकङमा बेल्ट तथा सडक हरित नवप्रवर्तन सम्मेलन

ड्रागन मिडिया समाचार कक्ष

दिगो विकास र विश्व दक्षिणको हरित रूपान्तरणलाई अघि बढाउने विषयमा छलफल गर्न बेल्ट तथा सडक हरित नवप्रवर्तन सम्मेलन सोमबार हङकङमा आयोजना गरिएको छ।

चीनका पर्यावरण तथा वातावरणमन्त्री ह्वाङ रुनछ्युले अर्थतन्त्र र समाज विकासका सबै क्षेत्रमा हरित विकासको अवधारणा समेट्न चीन प्रतिबद्ध रहेको बताए। हरित तथा न्यून कार्बन विकास र पर्यावरण संरक्षणमा अन्तर्राष्ट्रिय सहकार्य थप गहिरो बनाउने चीनको नीति रहेको उनले उल्लेख गरे।

हङकङका प्रमुख कार्यकारी जोन लीले हरित पूर्वाधार र दिगो विकासका परियोजनाका लागि वित्तीय सेवा, परियोजना व्यवस्थापन तथा जोखिम व्यवस्थापनमा हङकङले बेल्ट तथा सडकका साझेदारलाई सहयोग गर्न सक्ने बताए।

हङकङ सरकारका अनुसार सम्मेलनमा १७ बेल्ट तथा सडक साझेदार देशका प्रतिनिधि र चीनका करिब ४० प्रान्त तथा शहरका प्रतिनिधिसहित ४०० भन्दा बढी सरकारी तथा व्यावसायिक नेता, विज्ञ र विद्वान सहभागी भए। यस वर्षको सम्मेलन मुख्यभूमि चीनबाहिर पहिलोपटक हङकङमा आयोजना गरिएको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button