११ कार्तिक २०८३, मंगलवार

ललितपुरमा पाँच दिनसम्म गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने

ड्रागन मिडिया सम्वाददाता

फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा कात्तिक १२ देखि १६ गतेसम्म ललितपुरको जावलाखेल खेलमैदानमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने भएको छ।

‘रोपेर फूल गोदावरी, सजाऔँ घरआँगन वरिपरि’ भन्ने नारासहित आयोजना हुने प्रदर्शनीको उद्घाटन बागमती प्रदेशका कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री रमा आले मगरले गर्ने कार्यक्रम छ। तिहार र छठ पर्वलाई लक्षित गरी आयोजना हुन लागेको प्रदर्शनीमा ८६ वटा कक्ष रहनेछन्।

प्रदर्शनीमा गोदावरीका ४५० भन्दा बढी प्रजातिका बिरुवा तथा अन्य मौसमी फूल राखिने र बिक्रीसमेत गरिने आयोजकले जनाएको छ। गोदावरीका मिनिएचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर गरी पाँच प्रजातिबीच प्रतिस्पर्धा हुनेछ। उत्कृष्ट फूललाई पुरस्कृत गरिनेछ।

पाँच दिनसम्म चल्ने प्रदर्शनीमा ३९ हजारभन्दा बढी दर्शक आउने र एक करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने आयोजकको अपेक्षा छ। नेपालमा पुष्प व्यवसायको माग र आपूर्ति दुवै वर्षेनि बढे पनि फूलको आयात उच्च रहेको आयोजकले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button