१४ कार्तिक २०८३, शुक्रबार

जुम्लाको स्याउ घरदैलोमै बिक्री

ड्रागन मिडिया सम्वाददाता

जुम्लामा उत्पादित स्याउ अहिले विभिन्न बजार र बस्तीमा घरदैलोमै पुर्‍याएर बिक्री गर्न थालिएको छ। व्यवसायीले प्रतिकिलो १५० रुपैयाँमा स्याउ उपलब्ध गराउँदै आएका छन्।

व्यवसायी गौरीलाल सञ्ज्यालका अनुसार जुम्लाबाट ट्रकमा ल्याइएको स्याउलाई जिपमार्फत आसपासका जिल्लाका बजार तथा टोलमा पुर्‍याएर बिक्री गरिँदै छ। घरदैलोमै स्याउ उपलब्ध हुन थालेपछि दैनिक सयौँ पेटी बिक्री हुने गरेको उनले बताए।

जुम्लामा उत्पादित स्याउ बजारसम्म पुर्‍याउन नसक्दा खेर जाने समस्या भएकाले बजारीकरण र प्रचारका लागि घुम्ती बिक्री सुरु गरिएको सञ्ज्यालले बताए। एकपटक स्याउ खरिद गरेका ग्राहकले फेरि माग गर्ने गरेकाले बिक्री बढिरहेको उनको भनाइ छ।

व्यवसायीका अनुसार स्वदेशी उत्पादन र बजारमा पाइने विदेशी स्याउभन्दा कम मूल्य भएकाले ग्राहकले जुम्लाको स्याउ रोज्ने गरेका छन्। स्याउ विषादीरहित र रङरोगन नगरिएको भन्ने दाबी पनि व्यवसायीले गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button