१४ कार्तिक २०८३, शुक्रबार

विश्व वित्तीय संस्थामा सुधार गर्न रुस र अफ्रिकी देशको आह्वान

ड्रागन मिडिया समाचार कक्ष

रुस र अफ्रिकी देशहरूले अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व व्यापार सङ्गठन र विश्व बैंकमा सुधार आवश्यक रहेको बताएका छन्। तेस्रो रुस–अफ्रिका शिखर सम्मेलनबाट स्वीकृत घोषणापत्रमा यी संस्थालाई सबै पक्षको हित र समानताको सिद्धान्तअनुसार सञ्चालन गर्नुपर्ने उल्लेख छ।

घोषणापत्रमा अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको व्यापक सुधारका लागि पैरवी गर्ने सहमति गरिएको छ। साथै, ती संस्थाको नेतृत्वमा अफ्रिकी प्रतिनिधित्व बढाउन र निर्णय प्रक्रियामा अफ्रिकी देशको भूमिका विस्तार गर्न आह्वान गरिएको छ।

विश्व व्यापार सङ्गठनलाई खुला, पारदर्शी, समावेशी, भेदभावरहित र नियममा आधारित व्यापार प्रणाली सुनिश्चित गर्ने गरी सुधार गर्नुपर्नेमा पनि दुवै पक्ष सहमत भएका छन्। घोषणापत्रले सङ्गठनको केन्द्रीय भूमिका कायम राख्न तथा सहमतिका आधारमा निर्णय गर्ने, सबै सदस्यलाई समान व्यापारिक व्यवहार गर्ने र विकासशील तथा अल्पविकसित देशका लागि विशेष प्रावधानको सम्मान गर्ने सिद्धान्तलाई निरन्तरता दिनुपर्ने जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button