युक्रेनमा अस्थायी युद्धविराम होइन, स्थायी शान्ति चाहन्छ रुस : पेस्कोभ

ड्रागन मिडिया समाचार कक्ष
रुसले युक्रेनमा अस्थायी युद्धविराम मात्र नभई दीर्घकालीन शान्ति स्थापना गर्न चाहेको रुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन्।
अमेरिकी सञ्चारमाध्यम एनबीसीसँगको अन्तर्वार्तामा पेस्कोभले जारी वार्ताको उद्देश्य युद्धविराम मात्र नभएको बताए। “हामी केवल युद्धविराम चाहँदैनौँ, शान्ति चाहन्छौँ,” उनले भने।





