१४ कार्तिक २०८३, शुक्रबार

प्रहरीको विशेष अभियानमा ९७ जना पक्राउ

ड्रागन मिडिया सम्वाददाता

प्रहरीले काठमाडौँ उपत्यकामा सञ्चालन गरेको विशेष सुरक्षा अभियानका क्रममा ९७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका १६ जना पनि छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कात्तिक ११ देखि १२ गतेसम्म सार्वजनिक स्थल, सार्वजनिक यातायात, सरकारी कार्यालय आसपास र बढी भिडभाड हुने क्षेत्रमा निगरानी तथा जाँच गरिएको थियो। पक्राउ परेकामध्ये ८२ पुरुष र १५ महिला छन्। अभियानका क्रममा चालु मुद्दामा फरार रहेका छ जना प्रतिवादी पनि पक्राउ परेका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापाले सम्भावित आपराधिक गतिविधि रोकथाम र नियन्त्रण गर्दै शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्न विशेष प्रहरी टोली परिचालन गरिएको बताए।

प्रहरीका अनुसार बसपार्क, व्यस्त बजार, सार्वजनिक यातायात र सरकारी कार्यालय आसपास चोरी, लुटपाट, दुर्व्यवहार तथा बिचौलियाका गतिविधि हुन सक्ने भएकाले ती क्षेत्रमा निगरानी बढाइएको हो। पक्राउ परेका व्यक्तिको संलग्नता र उनीहरूमाथि लागेका आरोपबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button