१४ कार्तिक २०८३, शुक्रबार

भ्रष्टाचारविरुद्धको अभियानमा चार क्षेत्रमा ध्यान केन्द्रित गर्ने सीपीसीको योजना

ड्रागन मिडिया समाचार कक्ष

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले भ्रष्टाचारविरुद्ध चिनियाँ विशेषतासहितको मार्गलाई दृढतापूर्वक अघि बढाउन चार क्षेत्रमा ध्यान केन्द्रित गर्ने भएको छ। पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकबाट पारित प्रस्तावबारे शुक्रबार आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ भ्रष्टाचारविरोधी अधिकारीले उक्त जानकारी दिएका हुन्।

चार प्राथमिकतामा भ्रष्टाचारविरुद्ध कठोर र निरन्तर रुख कायम राख्ने, शक्तिको प्रयोगमा नियन्त्रण र निगरानी बलियो बनाउने, इमानदारी प्रवर्द्धन तथा भ्रष्टाचारप्रति घृणाको नैतिक आधार सुदृढ गर्ने र भ्रष्टाचार गर्ने आँट, अवसर तथा चाहना हटाउने गरी रोकथामका समन्वित प्रयास बढाउने विषय छन्।

सीपीसी केन्द्रीय अनुशासन निरीक्षण आयोगका उपसचिव तथा राष्ट्रिय सुपरिवेक्षण आयोगका उपप्रमुख चाङ फुहाईले पार्टीको २०औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकका मार्गनिर्देशनबारे भएको पत्रकार सम्मेलनमा यी प्राथमिकता प्रस्तुत गरेका हुन्।

बिहीबार सम्पन्न पूर्ण बैठकले पार्टीको पूर्ण तथा कठोर आत्मशासनलाई निरन्तरता दिने विषयसम्बन्धी केन्द्रीय समितिको प्रस्ताव पारित गरेको थियो।

चाङका अनुसार सन् २०१२ मा सीपीसीको १८औँ राष्ट्रिय महाधिवेशन भएयता देशभरका अनुशासन निरीक्षण तथा सुपरिवेक्षण निकायले ८१ लाख ५ हजार मुद्दा दर्ता गरेका छन्। ती कारबाहीमा ७९ लाख २२ हजार व्यक्ति दण्डित भएका छन्। दण्डित हुनेमा सीपीसी केन्द्रीय समितिमा दर्ता भई केन्द्रीय समितिबाटै सुपरिवेक्षण गरिने ९६३ अधिकारी पनि छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button