नयाँ क्षेत्रमा पार्टी संगठन विस्तारमा जोड दिने सीपीसी

ड्रागन मिडिया समाचार कक्ष
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले उदाउँदा आर्थिक तथा सामाजिक क्षेत्रमा पार्टी संगठन र कार्य विस्तार गर्नुपर्नेमा जोड दिएको छ। पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकबाट पारित प्रस्तावमा यो विषय समेटिएको एक अधिकारीले शुक्रबार बताएका छन्।
सीपीसी केन्द्रीय समितिको संगठन विभागका उपप्रमुख ह्वाङ जियानफाले नयाँ प्रकारका आर्थिक तथा सामाजिक संगठन र नयाँ प्रकृतिका रोजगारीमा संलग्न समूहमा पार्टी संगठनको पहुँच विस्तार र पार्टीका गतिविधि गहिरो बनाउने प्रयास बढाइने बताए।
उदाउँदा क्षेत्रमा पार्टीको आकर्षण, एकता र प्रभाव बलियो बनाउनु यस पहलको उद्देश्य रहेको उनले बताए।
ह्वाङले सीपीसी केन्द्रीय समितिको २०औँ पाँचौँ पूर्ण बैठकका मार्गनिर्देशनबारे शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन्। सोमबारदेखि बिहीबारसम्म बेइजिङमा बसेको बैठकले पार्टीको पूर्ण तथा कठोर आत्मशासनलाई निरन्तरता दिने विषयसम्बन्धी प्रस्ताव पारित गरेको थियो।





