कांग्रेसले नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न आयोगमा बुझायो

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा बुझाएको छ।
महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा सोमबार आयोग पुगेको टोलीले पदाधिकारी र केन्द्रीय सदस्यहरूको तस्बिरसहितको विवरण पेस गरेको हो। कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंमा असोज १८ देखि २३ गतेसम्म सम्पन्न भएको थियो।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ अनुसार दलले पदाधिकारीमा भएको हेरफेरको जानकारी ३० दिनभित्र निर्वाचन आयोगलाई दिनुपर्ने व्यवस्था छ। आयोगले विवरण जाँचबुझ गरेपछि दलको अभिलेख अद्यावधिक गर्छ।





