सशस्त्र प्रहरीले ७ हजार ८२६ किलो ८०० ग्राम गाँजा बरामद गर्यो

ड्रागन मिडिया सम्वाददाता
सशस्त्र प्रहरी बलको गुप्तचर ब्यूरोले उदयपुरबाट ७ हजार ८२६ किलो ८०० ग्राम गाँजा बरामद गरेको छ।
विशेष सूचनाका आधारमा कात्तिक १५ गते साँझ बेलका नगरपालिका–८ स्थित दिवाजोर, मैनामैनी–कोशीपुल भित्री सडकखण्डमा जाँच गर्दा गाँजा बरामद भएको हो।
सशस्त्र प्रहरी बलका सुनसरी र उदयपुर गणबाट खटिएको संयुक्त टोलीले प्रदेश १–०२–००२ ख ०२०६ नम्बरको ट्रक जाँच गर्ने क्रममा २४६ वटा प्लास्टिकका बोरामा लुकाएर राखिएको गाँजा फेला पारेको थियो।
बरामद गाँजा र ट्रक आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार लागुऔषध नियन्त्रणका लागि विशेष अभियान सञ्चालन भइरहेको छ। अभियानअन्तर्गत लागुऔषध बरामद गर्नुका साथै दुर्व्यसन र अवैध कारोबार नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिँदै आएको छ।





