जापोरिझिया आणविक ऊर्जा केन्द्रका कर्मचारीलाई युक्रेनी सेनाले निशाना बनाएको रुसी प्रतिनिधिको आरोप

ड्रागन मिडिया समाचार कक्ष
भियनास्थित अन्तर्राष्ट्रिय सङ्गठनहरूका लागि रुसका स्थायी प्रतिनिधि मिखाइल उल्यानोभले जापोरिझिया आणविक ऊर्जा केन्द्रका सर्वसाधारण कर्मचारीलाई युक्रेनी सेनाले जानाजानी निशाना बनाइरहेको आरोप लगाएका छन्। युक्रेनी ड्रोन आक्रमणमा केन्द्रका अर्का एक कर्मचारीको मृत्यु भएको घटनाबारे टिप्पणी गर्दै उनले यस्तो बताएका हुन्।
“युक्रेनी सशस्त्र बलले केन्द्रका सर्वसाधारण कर्मचारीलाई खोजीखोजी निशाना बनाइरहेका छन्,” उल्यानोभले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
केन्द्रले यसअघि आफ्नो कारमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक महिलासहित दुई सर्वसाधारणको मृत्यु भएको जनाएको थियो। ती महिलाले आणविक ऊर्जा केन्द्रमा काम गर्ने गरेको बताइएको छ।
पछिल्लो दुई सातामा युक्रेनी आक्रमणमा जापोरिझिया आणविक ऊर्जा केन्द्रका तीन कर्मचारीको मृत्यु भएको केन्द्रले जनाएको छ।





