१९ कार्तिक २०८३, बुधबार

मनोज केसी प्रहरी महानिरीक्षक नियुक्त, निर्णयविरुद्ध सर्वोच्च जाने तयारीमा कार्की

ड्रागन मिडिया सम्वाददाता

सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रीपरिषद बैठकले केसीलाई प्रहरी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए। यो कारबाही नभई जिम्मेवारी हेरफेर मात्र भएको उनको भनाइ छ। कार्कीले अब प्रधानमन्त्रीलाई शान्तिसुरक्षासम्बन्धी विषयमा सल्लाह दिने भूमिका निर्वाह गर्ने उनले बताए।

सरकारको निर्णयविरुद्ध कार्की सर्वोच्च अदालत जाने तयारीमा रहेको जनाइएको छ। आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबी गर्दै उनले कानुनी परामर्श गरिरहेको स्रोतलाई उद्धृत गर्दै समाचारमा उल्लेख छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button