२० कार्तिक २०८३, बिहीबार

रुसले कसैलाई धम्की दिएको छैन र सहकार्य चाहन्छ : पुटिन

ड्रागन मिडिया समाचार कक्ष

रुसले कुनै पनि देशलाई धम्की नदिएको र अहिले पनि कसैलाई धम्की नदिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्। उनले रुसको चाहना द्वन्द्व नभई सहकार्य भएको बताए।

क्रेमलिनमा बुधबार आयोजित पुरस्कार वितरण समारोहमा बोल्दै पुटिनले रुसले कसैलाई धम्की नदिएको कुरा विभिन्न देशका नागरिक र राजनीतिक नेतृत्वले बुझ्नु महत्त्वपूर्ण रहेको बताए। समारोहमा उपस्थित विदेशी प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले भने, “हामी सहकार्य चाहन्छौँ।”

रुससँग सहकार्यका लागि तयार नरहेका देशहरूले पनि अन्य मुलुकको उदाहरणबाट सही निष्कर्ष निकाल्ने, आफ्नो दृष्टिकोण बदल्ने र टकरावको सट्टा सहकार्य रोज्ने पुटिनले विश्वास व्यक्त गरे।

समारोहमा उनले रुस र अन्य देशका जनताबीच सम्बन्ध विस्तारमा योगदान पुर्‍याएको भन्दै विदेशी प्रतिनिधिहरूलाई धन्यवाद दिए। संस्कृति, शिक्षा, व्यापक मानवीय क्षेत्र र व्यवसायमा हुने सहकार्यले राजनीतिक तथा सुरक्षा सम्बन्ध अघि बढाउन अनुकूल आधार तयार गर्ने उनको भनाइ थियो।

क्रेमलिनमा आयोजित समारोहमा रुसी जनताको एकता सुदृढ बनाउन योगदान पुर्‍याउने व्यक्तिलाई पुरस्कार तथा सरकारी सम्मान प्रदान गरिएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button