२७ कार्तिक २०८३, बिहीबार

रूससहित सम्भावित शीर्षस्तरीय वार्तामा अमेरिका र चीनको जोड

ड्रागन मिडिया समाचार कक्ष

अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ यीले रूससहित सम्भावित शीर्षस्तरीय वार्तामार्फत शान्ति र आणविक निशस्त्रीकरणका लक्ष्य अघि बढाउनुपर्नेमा सहमति जनाएका छन्। अमेरिकी विदेश मन्त्रालयको प्रेस कार्यालयले उनीहरूबीच भएको टेलिफोन संवादपछि जारी वक्तव्यमा यस्तो जनाएको हो।

“रूससहित सम्भावित त्रिपक्षीय नेतास्तरीय बैठकमा समेत शान्ति र आणविक निशस्त्रीकरणजस्ता लक्ष्य अघि बढाउन अर्थपूर्ण शीर्षस्तरीय संवाद महत्त्वपूर्ण हुनेमा उनीहरू सहमत भए,” वक्तव्यमा भनिएको छ।

दुवै मन्त्रीले चीनको सिचुआन प्रान्तको शेन्जेनमा नोभेम्बर १८ र १९ मा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलन तथा मियामीमा डिसेम्बर १४ र १५ मा हुने जी–२० शिखर सम्मेलनबारे पनि छलफल गरेका थिए।

उनीहरूले सम्मान, निष्पक्षता र पारस्परिकताको आधारमा रचनात्मक सम्बन्ध कायम राख्ने दुवै देशका नेतास्तरीय प्रतिबद्धताबारे पनि कुराकानी गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। टेलिफोन संवाद चीनको अनुरोधमा भएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button