२७ कार्तिक २०८३, बिहीबार

अबुधाबी वार्तापछि पुटिनले आज अमेरिकी विशेष दूतसँग भेट्ने

ड्रागन मिडिया समाचार कक्ष

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज अमेरिकी विशेष दूत स्टिभ विट्कफ र जारेड कुशनरसँग भेट्ने अपेक्षा गरिएको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार भेट बिहानको समयमा हुनेछ।

रूस, अमेरिका र युक्रेनबीच अबुधाबीमा भएको त्रिपक्षीय वार्तापछि पुटिनले अमेरिकी दूतसँग भेट्न लागेको रूसी समाचार संस्था तासले जनाएको छ। विट्कफ र कुशनर दुवै अबुधाबी वार्तामा सहभागी थिए।

कुशनरले अमेरिकी वार्ता टोली मस्को भ्रमणपछि किभ जाने योजना रहेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेपछि विट्कफ युक्रेन युद्ध समाधानसम्बन्धी प्रयासमा अमेरिकाका एकमात्र प्रतिनिधि थिए। उनको हालको भ्रमण पछिल्लो दुई वर्षमा रूसको दशौँ भ्रमण हो। कुशनर भने दोस्रोपटक रूस जाँदै छन्।

रूसी विदेशमन्त्री सेर्गेई लावरोभका अनुसार पुटिनले अबुधाबी वार्तामा सहभागी रूसी प्रतिनिधिमण्डलबाट पहिले प्रतिवेदन लिनेछन् र त्यसपछि अमेरिकी दूतहरूको मूल्याङ्कन सुन्नेछन्। त्यसपछि रूसले युद्ध समाधानका लागि अपनाउने बाटोबारे पुटिनले निर्णय गर्ने उनले बताएका छन्।

लावरोभले रूसको अडान “विशेष सैन्य अभियान” का उद्देश्य हासिल गर्ने दिशामै केन्द्रित रहने पनि बताएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button