चीनले प्रक्षेपण गर्यो शिजियान–२४ उपग्रह
ड्रागन मिडिया समाचार कक्ष
चीनले बिहीबार शिजियान–२४ उपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ।
चीनको उत्तरी शान्सी प्रान्तस्थित थाइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट स्थानीय समयअनुसार बिहान ६:५१ बजे लङ मार्च–२डी रकेटमार्फत उपग्रह प्रक्षेपण गरिएको हो। उपग्रह निर्धारित कक्षमा प्रवेश गरेको र प्रक्षेपण अभियान सफल भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
यो प्रक्षेपण लङ मार्च रकेट शृंखलाको ६७८औँ उडान अभियान हो।





