६ मंसिर २०८३, शनिबार

एसिया–प्रशान्त मिडिया साझेदारी औपचारिक रूपमा शुरु, पहिलो चरणमा ३१० संस्था आबद्ध

ड्रागन मिडिया समाचार कक्ष

चीनको सिन्ह्वा समाचार एजेन्सीको प्रस्तावमा एसिया–प्रशान्त मिडिया साझेदारी (एपीएमपी) औपचारिक रूपमा शुरु भएको छ। सिन्ह्वाका अनुसार पहिलो चरणमा एसिया–प्रशान्तका ४१ देश तथा क्षेत्रका ३१० संस्था साझेदारीमा आबद्ध भएका छन्।

गत सेप्टेम्बर ५ मा एसिया–प्रशान्त मिडिया मञ्चको उद्घाटन समारोहमा साझेदारी कार्यक्रमको आयोजक समिति गठन गरिएको थियो। समारोहमा ४० भन्दा बढी देश तथा क्षेत्रका साथै संयुक्त राष्ट्रसंघीय निकाय र अन्तर्राष्ट्रिय संस्थाका चार सयभन्दा बढी प्रतिनिधि सहभागी थिए। समितिले सञ्चारमाध्यम र नीति अनुसन्धान संस्थाबीच सहकार्य बढाउने प्रस्ताव अघि सार्दै क्षेत्रका इच्छुक संस्थालाई साझेदारीमा सहभागी हुन आह्वान गरेको थियो।

साझेदारीले उच्चस्तरीय संवाद, संयुक्त सञ्चार, प्राविधिक नवप्रवर्तन र व्यावहारिक सहकार्यलाई प्राथमिकता दिएको छ। यसअन्तर्गत नियमित मिडिया संवाद आयोजना गर्ने, क्षेत्रका सञ्चारमाध्यमबीच संयुक्त अन्तर्वार्ता सञ्चालन गर्ने र विभिन्न माध्यममा प्रकाशन तथा प्रसारण गर्न मिल्ने सामग्री तयार गर्ने योजना छ। एसिया–प्रशान्तका पत्रकारका लागि चीनमा स्थलगत रिपोर्टिङ भ्रमण तथा सञ्चारकर्मीका लागि विषयगत तालिम पनि सञ्चालन गरिनेछ।

एसिया–प्रशान्त मिडिया साझेदारी र मिडिया मञ्चबाट जारी ‘शेन्जेन सहमति’लाई चीनको आयोजनामा भएका सन् २०२६ का एसिया–प्रशान्त आर्थिक सहकार्य (एपेक) बैठकका उपलब्धिको सूचीमा समावेश गरिएको छ। मिडिया मञ्चलाई पनि यस वर्ष चीनले एपेकको आयोजकका रूपमा सञ्चालन गरेका बैठक तथा कार्यक्रमको सूचीमा राखिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button