६ मंसिर २०८३, शनिबार

प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक भएको ओलीको आरोप

ड्रागन मिडिया सम्वाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको आरोप लगाएका छन्। शनिबार काठमाडौंमा एमालेको जनवर्गीय सङ्गठन नेशनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसमा बोल्दै उनले विघटनअघिको सरकार गठन प्रक्रिया पनि संविधान र लोकतान्त्रिक विधिअनुरूप नभएको दाबी गरे।

ओलीले पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्री नियुक्त गरिएको प्रक्रियामाथि प्रश्न उठाउँदै उनकै सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको बताए। विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परे पनि अदालतले समयमै फैसला नगरेको उनको भनाइ थियो।

राज्यका निकायले संविधान र लोकतान्त्रिक विधिको संरक्षण गर्नुपर्ने जिम्मेवारी पूरा नगरेको पनि ओलीले आरोप लगाए। उनले राज्यका निकाय कानुनअनुसार चल्नुपर्नेमा जोड दिँदै त्यसका लागि दबाब दिन युवालाई सङ्गठित हुन आग्रह गरे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button