६ मंसिर २०८३, शनिबार

एनपीएल फाइनलमा सुदूरपश्चिमले टस जित्यो, लुम्बिनी पहिले ब्याटिङमा

ड्रागन मिडिया सम्वाददाता

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले फिल्डिङ रोजेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा साविक विजेता लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्दै छ।

दुवै टोली लगातार दोस्रोपटक उपाधिका लागि आमनेसामने भएका हुन्। गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई हराएर उपाधि जितेको लुम्बिनी यसपटक उपाधि रक्षाको लक्ष्यमा छ। सुदूरपश्चिम भने पहिलो एनपीएल उपाधिको खोजीमा छ।

लिग चरणमा ११ अंकसहित शीर्ष स्थानमा रहेको लुम्बिनीले पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई हराएर फाइनलमा स्थान बनाएको थियो। सुदूरपश्चिमले दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई पराजित गर्दै लुम्बिनीसँगको भेट पक्का गरेको हो।

फाइनलको विजेताले एक करोड ५० लाख रुपैयाँ र उपविजेताले ८० लाख रुपैयाँ पाउनेछन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button