८ मंसिर २०८३, सोमबार

बाफलबाट हराएको माइक्रोबस कलङ्कीमा फेला, चोरीको आरोपमा दुई जना पक्राउ

ड्रागन मिडिया सम्वाददाता

काठमाडौँको बाफलबाट हराएको माइक्रोबस प्रहरीले कलङ्कीमा फेला पारेको छ। माइक्रोबस चोरी गरेको आरोपमा प्रहरीले स्वयम्भूको बुद्धपार्क क्षेत्रबाट धादिङको गल्छी गाउँपालिका–६ का ३७ वर्षीय बाबुराम तामाङ र सिन्धुलीको लखनपुरका १८ वर्षीय विशाल लामालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार बा१ज ९८०५ नम्बरको माइक्रोबस नागार्जुन नगरपालिका–४, बाफलस्थित मनमती करिडोर सामुदायिक भवन नजिकैको खाली जग्गामा पार्किङ गरिएको थियो। माइक्रोबस हराएको सूचना पाएपछि प्रहरी वृत्त स्वयम्भूको टोलीले खोजी शुरु गरेको थियो।

काठमाडौँ जिल्ला अदालतले चोरीसम्बन्धी कसुरको अनुसन्धानका लागि दुवै जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button