८ मंसिर २०८३, सोमबार

रुससँग तेल र ग्यास सम्झौता कायम राख्न हंगेरीको विपक्षी दलले विधेयक तयार गर्दै

ड्रागन मिडिया समाचार कक्ष

हंगेरीको विपक्षी दल ‘आवर होमल्यान्ड’ले रुससँगका दीर्घकालीन तेल तथा ग्यास आपूर्ति सम्झौता कायम राख्न र पाक्स–२ परमाणु ऊर्जा आयोजनाको निर्माण अघि बढाउन विधेयकको मस्यौदा तयार गरिरहेको छ।

रुसी पत्रिका ‘इज्भेस्तिया’सँगको कुराकानीमा हंगेरीकी उपसभामुख डोरा डुरोले राष्ट्रिय ऊर्जा सुरक्षा र विद्युत प्रसारण प्रणालीको स्थिरता विधेयकका मुख्य उद्देश्य रहेको बताइन्। रुसी समाचार संस्था तासका अनुसार डुरोले पश्चिमी राजनीतिक दबाबबाट हंगेरीको ऊर्जा हित जोगाउन विद्यमान सम्झौतालाई निरन्तरता दिनुपर्ने धारणा राखिन्।

डुरोका अनुसार हंगेरीको तेल आपूर्तिको झन्डै ९० प्रतिशत र प्राकृतिक ग्यास आपूर्तिको ७५ प्रतिशत हिस्सा रुससँगका दीर्घकालीन सम्झौताबाट प्राप्त हुन्छ। ती सम्झौताले हंगेरीलाई सबैभन्दा सस्तो मूल्यमा तेल र ग्यास उपलब्ध गराएको उनको दाबी छ।

विद्युत आयातमाथिको निर्भरता हटाउन पाक्स–२ आयोजना आवश्यक रहेको डुरोले बताइन्। निर्माण रोक्ने कुनै पनि कदमको आफ्नो दलले विरोध गर्ने र आयोजनाबारे हुने निर्णयमा राष्ट्रिय हित जोगाउन उपलब्ध कानुनी तथा संसदीय उपाय अपनाउने उनले बताइन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button