८ मंसिर २०८३, सोमबार

डेल्टाको विमानको तौल र सन्तुलन जाँच्ने प्रणाली पुनः सञ्चालनमा

ड्रागन मिडिया समाचार कक्ष

डेल्टा एयर लाइन्सले उडानमा ढिलाइ र रद्दको कारण बनेको प्राविधिक खराबी समाधान गरेको छ। सीएनएनका अनुसार कम्पनीले विमानको तौल र सन्तुलन जाँच्ने प्रणाली सामान्य रूपमा चलिरहेको जनाएको छ।

सीएनएनका अनुसार अमेरिकाभर करिब ६ हजार उडान ढिलो भए वा रद्द गरिए। तीमध्ये केही उडान डेल्टाको प्रणालीमा आएको खराबीका कारण प्रभावित भएका थिए। डेल्टाको खराबीबाट प्रभावित उडानको छुट्टै संख्या खुलाइएको छैन।

सीएनएनले जनाएअनुसार अघिल्लो साता हवाई यातायात नियन्त्रण केन्द्रहरूको सञ्चार प्रणालीमा खराबी आएपछि अमेरिकी संघीय उड्डयन प्रशासनले देशभर चार घण्टाभन्दा बढी समयका लागि उडान रोकेको थियो। पछिल्लो समय माइक्रोसफ्ट, युनाइटेड एयरलाइन्स र जेपीमोर्गन चेसका सेवामा पनि अवरोध देखिएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button